समाचारमंगलबार, भाद्र ३१, २०७१

अरनिको राजमार्ग पुरानै ठाउँबाट खुल्यो

हिमालखबर

भत्केको अरनिको राजमार्गको साविककै ठाउँबाट ट्रयाक खोलिएको छ । ३२ दिनको प्रयासमा बाटो खुलेपछि व्यवसायीले मालवहाक भ्यानबाट काठमाडौं सामान पु¥याउन सकेका छन् ।

नेपाली सेनाले खोल्न लागेको बाँधस्थलदेखि टेकानपुर, धुस्कुन हँुदै बाह्रविसे जाने वैकल्पिक ट्रयाक लामो र ढिला हुने भन्दै नेपाल उद्योग वाणिज्य सङ्घ सिन्धुपाल्चोकको पहलमा व्यापारीहरुले साउन मसान्तदेखि खन्न शुरु गरेको सडक बाँधस्थलदेखि बाह्रबिसेसम्म तीन किमी मात्र पर्दछ ।

नेपाल उद्योग वाणिज्य सङ्घ, नेपाल हिमालय सिमापार वाणिज्य सङ्घ, नेपाल ट्रक कन्टेनर सङ्घ मध्यभोटेकोसी जलविद्युत आयोजनालगायतको लगानीमा ट्रयाक खुलाइएको हो ।

वैकल्पिक ट्रयाकको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डेले ३१ भदौमा उद्घाटन गरे ।

खुलाइएको ट्रयाकबाट दुई दिनअघि परीक्षणको रुपमा मालवहाक गाडी बाह्रबिसेबाट पठाइएकामा सफलतापूर्वक लामोसाँघु उत्रिएको थियो ।

खोलिएको ट्रयाकमा ठाउँ ठाउँमा सोलिङ र ग्राभेलिङ गरिएको छ ।

ट्रयाक खुलेपछि बाह्रबिसेमा विगत ४६ दिनदेखि अलपत्र अवस्थामा रहेका १०० मालवहाक भ्यान काठमाडौँ पुग्ने सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका पूर्व उपाध्यक्ष वुद्धराज बस्नेतले जानकारी दिए ।

गत साउन १७ गते गएको पहिरोले सुनकोसी थुनेर अरनिको राजमार्गलाई क्षति पु¥याएपछि व्यवसायीका करिब रु ८अर्ब मूल्यका चिनियाँ सामान रोकिएर बसेका छन् । सामान भरिएका ५०० कन्टेनर भ्यान तातोपानी भन्सार परिसर र खासा क्षेत्रमा १०० मालवहाक भ्यान रोकिएर बसेका छन् ।

त्यसैगरी, तिब्वतको गोदाममा ८०० भ्यान बराबरको मौज्दात चिनियाँ सामानसमेत रोकिएको बस्नेतले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>