समाचारमंगलबार, भाद्र ३१, २०७१

आयल निगमका उच्च अधिकृतसहित ९७ विरुद्ध मुद्दा

हिमालखबर

CIAAभारतबाट पेट्रोलियम पदार्थ ल्याउँदा ट्यांकर धनीको मिलेमतोमा कम परिमाण देखाई राजस्व हिनामिना गरेको अभियोगमा रु सात करोड ७७ लाख माग दाबी गर्दै आयोगले सहायक प्रबन्धक अजितकुमार पोखरेल, उपप्रबन्धक कौशवराज आचार्य, सहायक प्रबन्धक रवीनकुमार रावत, प्रबन्धक दीपेन्द्र बस्नेत, सहायक प्रबन्धक रामभक्त कार्की र उपप्रबन्धक देवेन्द्रबहादुर केसीविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ ।

आयोगका अनुसार चार पेट्रोलियम पदार्थ व्यवसायी, ६६ ट्यांकरधनी र १९ ट्यांकर चालकविरुद्ध पनि सोही आरोपमा अभियोगपत्र दर्ता गराइएको छ । उनीहरुले भारतको बेतालपुरबाट रुपन्देही जिल्लास्थित भलबारी डिपोमा पेट्रालियम पदार्थ ढुवानी गर्दा निगमका जिम्मेवार कर्मचारीको मिलोमतोमा अनियमितता गरेको अनुसन्धानका क्रममा खुलेको थियो ।

निगमका कर्मचारीले पेट्रोलियम पदार्थ व्यवसायी, ट्यांकरधनी एवम् चालकको मिलेमतोमा निर्धारित परिणामभन्दा बढी तेल आयात गरेको, आयातीत तेल सिधै डिपोमा नलगी बीच बाटामा नै ट्यांकरको सिल तोडी अनाधिकृत रुपमा झिकेको पाइएको थियो ।

निर्धारित परिणामभन्दा बढी आयात गरिएको पेट्रोलियम पदार्थको राजस्वसमेत नतिरेको जनाइएको छ । राजस्व नतिरेको रु एक करोड नौ लाख ३६ हजार ४००, पेट्रोलियम पदार्थ झिकी निगमलाई हानि पु¥याएको रु छ करोड १७ लाख दुई हजार ७५३का साथै रु ५१ लाख ४५ हजार गरी कुल रु सात करोड ७७ लाख ८४ हजार १५४ बराबरको रकम भ्रष्टाचार गरेको आयोगको जिकिर छ ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार हदैसम्मको कारबाहीको माग गरिएको छ । पेट्रोलियम पदार्थ दुरुपयोग गरेको अभियोगमा उनीहरु केही समय पहिले पक्राउ परेका थिए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>