समाचारबुधबार, आश्विन १, २०७१

सभापतिले मनोमानी गरेको भन्दै कांग्रेसमा देउवापक्ष असन्तुष्ट

हिमालखबर

३० भदौको बैठकबाट एक बर्षका लागि महाधिवेशन सारेका का‌ग्रेस सभापति सुशील कोइरालाले मनोमानी परी ढंगCongress-Flagले पार्टी चलाउन खोजेको भन्दै देउवा पक्षले असन्तुष्टि जनाएको छ ।

केन्द्रीय सदस्य मनमोहन भट्टराईले हिमालखबरसँग भने, ‘‘केन्द्रीय कार्य समितिको बैठक सकिएको भोलिपल्टै यस्तो समाचार आउनु सभापतिको मनपरीतन्त्र हो, मन्त्रिपरिषद पुनःगठनको औचित्य उहाँले पुष्टि गर्न सक्नुहुन्न ।’’

१२ औं महाधिवेशनबाट निर्वाचित कार्य समितिको कार्यअवधि सकिनै लाग्दा बसेको कांग्रेस कार्य समिति बैठकमा मन्त्रिपरिषद पुनःगठनको अजेण्डाबारे केही जानकारी नगराइएको भट्टराईले बताए ।

कांग्रेस सहमहामन्त्री पुर्णबहादुर खड्काले पनि मन्त्रिपरिषद पुनःगठनबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिए । उनले भने, ‘‘मन्त्रिपरिषद पुनःगठनबारे मलाई कुनै जानकारी छैन ।’’

सभापति कोइराला अझै पनि  कांग्रेसभित्र दुईवटा पार्टीको मनोविज्ञानबाट मुक्त नभएको भट्टराईले आरोप लगाए । नेविसंघको महाधिवेशन स्थगित गर्नुपर्ने कुनै कारण नभएको भन्दै उनले भने, ‘‘सुशील कोइराला पक्ष हार्न लाग्यो भनेर स्थगित गरियो । अहिले शिक्षा मन्त्री फेरेर चुनाव जित्ने तयारी गरिदैछ ।’’

सभापति कोइरालाले २६ मनोनित सभासद, पार्टी केन्द्रीय सदस्य मनोनयन, नेविसंघको बैठक स्थगन, पार्टी महाधिवेशन सार्नेलगायतका निर्णहरु लगातार मनपरी ढंगले गरिएको देउवा पक्षको आरोप छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>