समाचारबुधबार, आश्विन १७, २०६९

गृहमन्त्री विरुद्ध कैलालीमा प्रदर्शन

हिमालखबर

उपप्रधान तथा गृहमन्त्री गच्छदारले ले १७ असोजमा कैलालीको फूलबारीमा आयोजित सभामा कैलाली–कञ्चनपुरसहितको अखण्ड सुदूरपश्चिम मान्य नहुने अभिव्यक्ति दिएका थिए ।

मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छदारको अभिव्यक्ति सार्वजनिक भएसँगै आक्रोशित स्थनीयवासीले अखण्ड सुदूरपश्चिमको पक्षमा र गृहमन्त्रीको अभिव्यक्तिको विरोधमा चर्का नारा लगाए ।

प्रदर्शनकारीमाथि फोरम लोकतान्त्रिकका कार्यकर्ताले ढुङ्गा प्रहार गर्दा केहीबेर स्थिति तनावपूर्ण बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन धनगढी नगरक्षेत्रका ठाउँठाउँमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ भने प्रदर्शनकारीले धनगढीस्थित फोरम लोकतान्त्रिकको पार्टी कार्यालयमा गरेको तोडफोडको प्रयासलाई रोकेको छ ।

गृहमन्त्रीको अभिव्यक्तिको विरोधमा कैलालीको लम्की, मसुरिया र अत्तरिया बजारमा समेत प्रदर्शन भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>