समाचारबिहीबार, आश्विन २, २०७१

अख्तियार र मानवअधिकार आयोगमा तीन दलको भागबन्डा

हिमालखबर

संवैधानिक परिषदले पूर्व प्रधानन्यायाधीश शर्मालाई मानवअधिकार आयोगको अध्यक्षमा नियुक्तिका लागि सिफारिश गरेको हो । सिंहदरबारमा २ असोजमा बसेको परिषद बैठकले शर्मालाई अध्यक्षमा र सदस्यमा प्रकाश वस्ती, सुदीप पाठक, मोहना अन्सारी र गोविन्द्र पौडेललाई नियुक्तिका लागि सिफारिश गरेको सभामुख सुवास नेम्बाङले जानकारी दिए ।

आयोगमा प्रमुख तीन दलले भागबण्डाको आधारमा सिफारिश गरेको बुझिएको छ । स्रोतका अनुसार कांग्रेस कोटाबाट शर्मा र पाठक, एमालेको कोटाबाट अन्सारी र एमाओवादी कोटाबाट पौडेल सिफारिश भएका हुन् ।

यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा पनि भागबण्डाकै आधारमा सिफारिश गर्ने तयारी भइरहेको छ । अख्तियारको आयुक्तमा कांग्रेसबाट पूर्व महालेखा परीक्षक बद्रीहादुर कार्की, एमालेबाट पूर्व गृहसचिव गोविन्द कुसुम र एमाओवादीबाट पूर्व डीआइजी अशोक श्रेष्ठलाई सिफारिश गर्ने तयारी भइरहेको स्रोतको भनाइ छ ।

प्रधानमन्त्री सुशील कोइराला ३ असोजमा अमेरिका जाने भएकाले २ असाजमै अख्तियारमा पनि आयुक्ति सिफारिश हुन सक्ने संभावना छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>