समाचारबिहीबार, आश्विन २, २०७१
मन्त्रीहरु फेरबदल गरेको छैनः प्रधानमन्त्री
प्रधानमन्त्रीको स्वकीय सचिवालयले २ असोजमा विज्ञप्ति जारी गरेर मौजुदा मन्त्रिपरिषदमा कुनै फेरबदल नगरेको जनाएको छ । मन्त्रिपरिषदमा फेरबदलको समाचारप्रति प्रधानमन्त्री कार्यालयको ध्यान आकृष्ट भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “केही सञ्चारमाध्यममा प्रकाशित र प्रशारित मन्त्रिपरिषदमा फेरबदलको समाचारमा प्रधानमन्त्री कार्यालयको ध्यान आकृष्ट भएको छ । मौजूदा मन्त्रिपरिषदमा हाल कुनै फेरबदल भएको छैन ।”

