समाचारबिहीबार, आश्विन २, २०७१

मानव अधिकार आयोगमा अनुपराज शर्मा सिफारिस

हिमालखबर

anupraj-sharmaप्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा २ असोज विहान बसेको संवैधानिक परिषदको बैठकले पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मालाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

त्यसैगरी बैठकले आयोगको सदस्यमा सर्वोच्चका पूर्व न्यायाधीश प्रकाश वस्ती, वरिष्ठ अधिवक्ता गोविन्द शर्मा पौडेल, मानवअधिकारवादी सुदीप पाठक र महिला आयोगकी पूर्व सदस्य मोहना अन्सारीलाई नियुक्तिको लागि सिफारिस गरेको छ ।

परिषदले गरेको सिफरिसमाथि संसदीय सुनुवाई भएपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

अध्यक्षमा सिफारिस भएका शर्मा  २८ माघ २०६६ देखि १२ चैतसम्म प्रधानन्यायाधीश भएका थिए भने वकालत तथा प्राध्यापनमा संलग्न प्रकाश वस्ती सर्वाेच्च अदालतमा अस्थायी न्यायाधीश थिए ।

नेपाल मानवअधिकार संगठनका अध्यक्ष रहेका सुदीप पाठक यसअघि पनि राष्ट्रिय मानवअधिकार आयोगकोे सदस्य थिए भने मोहना अन्सारी राष्ट्रिय महिला आयोगको सदस्य थिइन् । गोविन्द शर्मा पौडेल वरिष्ठ अधिवक्ता हुन् ।

रिक्त रहेका अन्य संवैधानिक निकायमा परिषद्को आगामी बैठकबाट नियुक्त गरिने उपप्रधानमन्त्री वामदेव गौतमले जानकारी दिए ।

परिषद्को आगामी बैठक प्रधानमन्त्री कोइराला संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिई स्वदेश फर्केपछि १९ असोज  बिहान ९ बजे बस्ने तय भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>