समाचारबिहीबार, आश्विन २, २०७१

सिके राउतलाई विशेष अदालतमा लगियो

हिमालखबर

ck_raut२ असोजमा मोरङबाट विमानद्वारा काठमाडौं ल्याएइएका सिके राउतलाई विशेष अदालतमा पेश गरिएको छ । राज्य विरुद्धको अपराध र सजाय ऐन २०४६ अर्न्तगतका मुद्दा कारवाही र किनारा गर्ने अधिकार विशेष अदालतलाई छ ।

मोरङको रंगेलीमा मधेशलाई अलग्गै पार्ने अभियानबारे प्रशिक्षण दिन पुगेका राउतलाई २७ भदौमा प्रहरीले पक्राउ गरेको थियो । उनविरुद्ध जिल्लाप्रशासन कार्यालय मोरङमा सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइ प्रहरीले म्याद थप गराएको थियो ।

उनले राज्य द्रोह गरेका यथेष्ट प्रमाण भेटिएको गृहमन्त्रालय स्रोतले जानकारी दिएको  छ ।

नेपालको कानून अनुसार राष्ट्र विखण्डनको गतिविधि गरेको पुष्टि भए जन्मकैदसम्मको सजाय हुने व्यवस्था छ।

बन्दी प्रत्यक्षीकरणमा परेको रिटमा सर्वोच्च अदालतले पनि राउतलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>