समाचारबिहीबार, आश्विन २, २०७१

अधिकांश युवा खाडी पुगेकोमा पिरोलिएको छु: राष्ट्रपति

हिमालखबर

rastrapatiमेची बहुमुखी क्याम्पसको स्वर्ण महोत्सव उदघाटन गर्न २ असोजमा झापाको भद्रपुर आइपुगेका राष्ट्रपति रामवरण यादवले देशको आवश्यकता अनुरुपको शिक्षा नहुँदा पनि युवाहरु विदेशिनु परेको बताएका छन् । उनले भने, “देशको स्रोत साधन सुहाँउदो र आवश्यकता अनुरुपको शैक्षिक जनशक्ति चाहिएको छ ।”

मुलुकको राजनीतिक परिवर्तनमा पूर्वी नेपालले पटक पटक नेतृत्वकारी भुमिका निर्वाह गरेको स्मरण गर्दै यादवले भने, “पूर्वी नेपालको पहाड र तराई दुबै राजनीतिक रुपमा अग्रणी छन् ।”

उनले प्राकृतिक स्रोत र साधनमाथिको चर्काे दोहनले विकराल स्थिति ल्याएकोमा चिन्ता ब्यक्त गर्दै चुरे क्षेत्रमा भइरहेको वन बिनाश र प्राकृतिक स्रोतको अत्यधिक दोहनले तराइमा मरुभूमिकरण बढदै गएको तर्फ सचेत हुन सबैलाई आग्रह गरे ।

त्यस अवसरमा मेची क्याम्पसलाई सहयोग गर्नेहरुलाई राष्ट्रपति यादवले सम्मान गरेका थिए ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>