थप समाचारबिहीबार, आश्विन २, २०७१

वसन्तपुरदेखि सोह्रखुट्टेसम्म एकसाता पैदल हिंड्नुपर्ने

हिमालखबर

basantpurप्रत्येक वर्ष २२ सेप्टेम्वरमा ‘वल्ड कार फ्री डे’ मनाइँदै आएको सन्दर्भमा वसन्तपुर आसपासका क्षेत्रमा ‘पैदल हिडौं काठमाडौं’ कार्यक्रमको आयोजना गर्न लागिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले २ असोजमा आयोजना गरेको पत्रकार सम्मेलनमा महानगरपालिकाका प्रवक्ता शान्ताराम पोखरेलले वसन्तपुरदेखि १६ खुट्टे तथा त्यस आसपास क्षेत्रका भित्रि सडकमा सवारी साधनलाई निषेध गरी पैदल यात्रा गरी मनाइने बताए ।

यही ११ असोज विश्व पर्यटन दिवसका दिनसम्म सो अभियान सञ्चालन हुने छ ।

भित्रि सडक सवारी साधनका लागि नभएर पैदल यात्राका लागि हो भन्ने सन्देस अभियानले दिने पोखरेलले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>