समाचारशुक्रबार, आश्विन ३, २०७१

राउतको मुद्दामा सर्वोच्चले आइतबार सुनुवाई गर्ने, विशेष अदालत लगियो

हिमालखबर

ckराज्य विरुद्धको अपराध गरेको आरोपमा पक्राउ परेका सीके राउतलाई सर्वोच्च अदालतको आदेश अनुसार ३ असोजमा प्रहरीले उपस्थित गराए पनि सर्वोच्चले मुद्दा हेर्न नभ्याउने भन्दै आइतबार ५ असोजलाई पेशी तोकेको छ ।

राउतको मुद्दा न्यायाधीश कल्याण श्रेष्ठ र गोविन्दकुमार उपाध्यायको इजलाशमा परेको थियो ।

विशेषमा लगियो
सर्वोच्चले आज मुद्दा हेर्न नभ्याउने भएपछि प्रहरीले राउतलाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराएको छ ।
——————————————————————————

सीके राउतलाई सर्वोच्च लगियो

राज्य विरुद्धको अपराध गरेको आरोपमा पक्राउ परेका सीके राउतलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।

ck_raut_adalatएक साता अघि मोरङमा पक्राउ परेका सीके राउतलाई बन्दी प्रत्यक्षिकरणको मुद्दामा सर्वोच्च अदालतले ३ असोजभित्र सशरीर अदालतमा उपस्थित गराउन दिएको आदेश अनुसार उनलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।

२ असोजमा मोरङबाट काठमाडौं ल्याइएका राउतलाई मोरङ प्रहरीले विशेष अदालत लगी राज्य विरुद्धको अपराध गरेको भन्दै अनुसन्धानका लागि २४ घण्टा म्याद थप गराएको थियो ।

सीके राउतले राष्ट्रिय अखण्डतामा खतरा उत्पन्न गर्ने काम गरेका यथेष्ट प्रमाण फेला परेपछि उनलाई राज्य विरुद्धको अपराध अन्तर्गत मुद्दा चलाउने तयारी भएको प्रहरीको भनाई छ ।

राज्य विरुद्धको अपराध र सजाय ऐन २०४६ अर्न्तगतका मुद्दा कारवाही र किनारा गर्ने अधिकार विशेष अदालतलाई छ ।

अमेरिकामा अध्ययन गरेका सप्तरीका चन्द्रकान्त (सीके) राउत पछिल्लो समय मधेशलाई नेपालबाट अलग गराउने अभियानमा सक्रिय थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>