समाचारशुक्रबार, आश्विन ३, २०७१
नेपाल लिटरेचर फेस्टिभल शुरु
साहित्य र कलाका विविध क्षेत्रमा बहस हुने नेपाल लिटरेचर फेस्टिभल ३ असोजदेखि काठमाडौंमा शुरु भएको छ । फेस्टिभल चार दिनसम्म चल्ने छ।
एनसेलको प्रायोजन र बुकवर्म फाउण्डेशनको आयोजनामा प्रज्ञा प्रतिष्ठानमा भैरहेको फेस्टिभलमा ६ जना विदेशीसहित १४० भन्दा बढी लेखकरसाहित्यकार र सयौँ कला अनुरागीहरुको सहभगिता रहने छ ।
कार्यक्रममा भारतका शशी थरुर, बंगलादेशका फराह गुझनभी, बेलायतका तिटसानी दोशी, इटलीका कार्लो पिज्जाटी लगायतका लेखक साहित्यकार सहभागी हुँदैछन ।
लेखकरपाठकको प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने, साहित्यको स्तर वृद्धि गर्ने र नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा समेत स्थापित गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको आयोजकले जनाएको छ।
