समाचारशुक्रबार, आश्विन ३, २०७१

माथिल्लो कर्णालीको पीडीएमा हस्ताक्षर

हिमालखबर

तस्वीर: देवकी बिष्ट

तस्वीर: देवकी बिष्ट

३ असोजमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, गृहमन्त्री वामदेव गौतम र भारतका गृहमन्त्री राजनाथ सिंहको उपस्थितिमा नेपालका तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकारी र जीएमआरका तर्फबाट उर्जा सम्बन्धी उपाध्यक्षले परियोजना विकास सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार माथिल्लो कर्णाली जलविद्युत आयोजना भारतीय कम्पनी जीएमआरले निर्माण गर्ने छ ।

नेपालले उक्त परियोजनाको २७ प्रतिशत निशुल्क शेयर र १२ प्रतिशत निशुल्क बिजुली प्राप्त गर्ने छ ।

त्यसैगरी उत्पादित विद्युत जीएमआरले भारतलाई बेच्ने र योजना सम्पन्न भएको २५ बर्षपछि परियोजना नेपाललाई हस्तान्तरण गरिने छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>