थप समाचारशुक्रबार, आश्विन ३, २०७१
कुवेतमा नेपालीकोे मृत्यु
रोजगारीका लागि एक साताअघि कुवेत पुगेका लमजुङको भारते–८ बेसीगाउँका २८ बर्षीय विकास भुजेलका सडक दुर्घटनामा मृत्यु भएको छ । वस दुर्घटनामा परी उनको मृत्यु भएको आफन्तले बताएका छन् ।
भुजेलको शव २ असोज साँझ काठमाडौ ल्याइएको छ ।
२७ भदौमा कुवेतका लागि घरवाट हिडेका भुजेलको मृत्यु भएको तीन दिनपछि मात्र आफन्तलाई जानकारी दिइएको थियो ।
मृतक भुजेलका एक श्रीमती र दुई छोरा छन् ।
युवराज श्रेष्ठ, लमजुङ
