थप समाचारशुक्रबार, आश्विन ३, २०७१

आईएसविरुद्ध फ्रान्सले हवाई आक्रमण थाल्यो

हिमालखबर

AFPइराक र सिरियाका धेरै शहरमा कब्जा जमाइरहेको अतिवादी समूह इस्लामिक स्टेट विरुद्ध इराकमा हवाई आक्रमण गरेको फ्रांसेली राष्ट्रपतिको कार्यलयले जनाएको छ ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उत्तरपूर्वी इराक़मा लड़ाकू विमानले आईएसका अखाडामाथि आक्रमण गरेको उल्लेख छ ।

फ्रांसले इस्लामिक स्टेटविरुद्ध लडिरहेका कुर्दहरुलाई हतियार पनि उपलब्ध गराइरहेको छ ।

फ्रान्सेली राष्ट्रपति फ्रान्सुआ ओलांदेले इराक़ले हवाई आक्रमणका लागि आग्रह गरेकाले इराक़स्थित आईएस अखाडालाई निशाना बनाएको बताए । उनले सिरियामा भने आक्रमण नगरिने बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>