समाचारशनिबार, आश्विन ४, २०७१

प्रधानमन्त्री कोइराला आबुधावीमा

हिमालखबर

PM Relief Fundप्रधानमन्त्री सुशील कोइरालासँग ३ असोज राति आबुधावी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत धनञ्जय झा, युएइमा कार्यरत नेपाली जन सम्पर्क समितिका अध्यक्ष चित्र केसी र कोषाध्यक्ष दीपक भट्टसहितको प्रतिनिधिमण्डलले भेट गरेको छ ।

प्रधानमन्त्री कोइरालाले राजदूत झासँग राजदूतावासको अवस्था र संयुक्त अरब इमिरेट्समा रहेका नेपालीहरूको अवस्थाको बारेमा चासो व्यक्त गरे । उनले संविधान निर्माणपछि नेपालले तिव्र आर्थिक विकास गर्ने र नेपालीहरु वैदेशिक रोजगारमा जानुपर्ने अवस्था नहुने बताए ।

राजदूत झाका अनुसार अहिले युएइमा मात्रै झन्डै चार लाख नेपाली कार्यरत छन् ।

प्रधानमन्त्री कोइरालासहितको नेपाली प्रतिनिधिमण्डल काठमाडौँबाट ३ असोज अपराह्न इतिहाद एअरलाइन्सबाट आबुधावीका लागि उडेको थियो ।

कोइरालाले ४ असोज बिहान आबुधावीस्थित नेपाली राजदूताबासमा मध्यपूर्व, पश्चिम एसिया र उत्तरी अफ्रिकी मुुलुकमा कार्यरत नेपाली राजदूतसँग ती देशमा भएका कामकारबाहीका सम्बन्धमा जानकारी लिने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>