समाचारशनिबार, आश्विन ४, २०७१

नेपाललाई सहयोग गर्न भारत तत्परः गृहमन्त्री सिंह

हिमालखबर

Singh Press Meetदक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को गृहमन्त्रीस्तरीय बैठकमा भाग लिन नेपाल आएका भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वदेश प्रस्थान गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारले विकास निर्माण योजना बनाएर भारतसमक्ष प्रस्तुत गरेमा जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन् ।

तीनदिने नेपाल बसाइका क्रममा आफूले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमसहित सबै राजनीतिक दलका नेतासँग बेग्लाबेग्लै भेटवार्ता गरेको र उनीहरुले निर्धारित मितिमा संविधान जारी गरेर नेपाललाई विकास–निर्माणको बाटोमा अग्रसर गराउने प्रतिबद्धता व्यक्त गरेको सिंहले जानकारी दिए ।

भारतले नेपालमा शान्ति, स्थायित्व र समृद्धि कायम होस् भन्ने चाहेको भन्दै उनले दुवै मुलुक शान्ति, समृद्धि र स्थायित्वका निम्ति परिपूरक भएको बताए ।

भारतीय सुरक्षा निकायहरूमा रहेर नेपाली नागरिकले रगत पसिना बगाएको भन्दै सिंहले नेपालीको प्रशंसा गरे ।

उनले माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण गर्न भएको आयोजना विकास सम्झौताबाट नेपालको आर्थिक विकासमा वैदेशिक लगानीका निम्ति ढोका खुलेको विचार व्यक्त गरे ।

नेपाल भ्रमणबाट आफू पूर्ण सन्तुष्ट रहेको र त्यो अत्यन्त फलदायी रहेको भन्दै मन्त्री सिंहले नेपालमा सङ्घीय लोकतान्त्रिक एवम् समावेशी संविधान तोकिएको मितिमा जारी हुनेमा भारत विश्वस्त रहेको बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>