थप समाचारशनिबार, आश्विन ४, २०७१
ईरानः नाचेको सजाय ९१ कोर्रा र एक वर्ष जेल
इरानका ६ जना युवायुवती अमेरिकी गायक विलियम्सको धुनमा नाचेको भिडियो सार्वजनिक भएपछि त्यहाँको प्रशासनले उनीहरुलाई सजाय सुनाएको हो ।
उनीहरुका वकिलका अनुसार यो सजाय भने तीन वर्षका लागि निलम्बित राखिएको छ । अर्थात उनीहरुले दोहो¥याएर ‘गल्ती’ नगर्दासम्म जेल सजाए दिइने छैन ।
ईरानमा महिला र पुरुष सँगै नाच्नु र महिलाले कपाल ढाक्ने स्कार्फ नलागएर सार्वजनिक स्थानमा देखिनु इस्लामी क़ानूनको उल्लंघन मानिन्छ ।
भिडियोमा तीन युवक र तीन युवती तेहरानको छत र गल्लीमा नाच्दै गरेको देखिन्छन् ।
छुटाउन अभियान
युवाहरुले आफू कलाकार भएको र अडिशनका लागि उक्त भिडियो तयार पारेको बताएका छन् ।
समाचार एजेन्सी ईरान वायरले भिडियोमा देखिएका ५ जनालाई ६ महिना र एक सदस्यलाई मात्र एक वर्षको सजाए भएको उनीहरुका वकिललाई उद्धृत गर्दै लेखेको छ ।
‘ह्याप्पी वी आर फ्रम तेहरान’ भन्ने उक्त भिडियो युट्युबमा १० लाखले ६ महिनाभित्र हेरिसकेका छन् ।
अन्तर्राष्ट्रिय मानव अधिकार समूहले सोशल मिडियामार्फत उनीहरुलाई रिहा गराउन अभियान चलाइरहेका छन् ।
यसवर्षको ओस्कार लागि मनोनयनमा परेको यो गीतका गायक फेरेल विलियम्सले मानिसहरुलाई खुशी बाँड्दा गिरफ्तार गरिनु निकै दुखद घटना भएको प्रतिक्रिया दिएका छन् ।
बीबीसीबाट
