समाचारशनिबार, आश्विन ४, २०७१
ओलीले परीक्षण गराएर ट्याक्रोलिमस सेवा उदघाटन गरे
आनी छोइङ डोल्मा अध्यक्ष रहेको आरोग्य फाउन्डेसनले अङ्ग प्रत्यारोपण गरेका विरामीले खाने औषधिको मात्रा जाँच गर्ने ट्याक्रोलिमस उपकरण ४ असोजदेखि सञ्चालनमा ल्याएको छ ।
अब मिर्गाैला उपचारका क्रममा विदेशिनु पर्ने अवस्थाको अन्त्य भएको फाउण्डेशनको दाबी छ ।
सात वर्ष अगाडि भारतमा मिर्गाैला प्रत्यारोपण गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य परीक्षण गराई फाउन्डेसनको भवन ललितपुर पुल्चोकमो सेवाको शुभारम्भ गरेका छन् ।
परीक्षणका क्रममा ओलीको स्वास्थ्य स्थिति सकारात्मक देखिएको थियो । पहिलो अङ्ग प्रत्यारोपण विशेषज्ञ प्रा डा पुकारचन्द्र श्रेष्ठले अध्यक्ष ओलीको परीक्षण गरेका थिए । प्रयोगशालामा अध्यक्ष ओलीको रगत पनि परीक्षण गरिएको थियो ।
फाउन्डेसनले नमुना परीक्षणका लागि रु दुई हजार ५०० जाँच शुल्क निर्धारण गरेको छ ।
यसअघि मिर्गाैला प्रत्यारोपीले आफूले सेवन गर्ने औषधिको मात्रा जाँच गर्न भारतमा नमुना पठाउने गर्नुपथ्र्यो ।
करिब रु ८० लाखको लागतमा फाउन्डेसनले स्विट्जरल्यान्डबाट विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरेको सो उपकरण ल्याएको र उपकरण खरिदका लागि फाउन्डेसनका अध्यक्ष समाजसेवी आनी छोइङ डोल्माले रु ३५ लाखको आर्थिक सहयोग गरेकी थिइन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा मिर्गाैला प्रत्यारोपीको सङ्ख्या ६७५ छ ।
फाउन्डेसनले यसअघि अङ्ग प्रत्यारोपण गर्नुअघि अङ्गदाता र ग्रहणकर्ता बीचको रगत मिल्छ कि मिल्दैन भनेर एचएलए नामक उपकरण पहिलोपटक नेपालमा शुरु गरी सेवा दिइरहेको छ ।
