समाचारआइतबार, आश्विन ५, २०७१

पूर्वराजा ज्ञानेन्द्रलाई हृदयघात, अवस्था खतरामुक्त

हिमालखबर

gyanendra४ असोज राति हृदयघात भएपछि पूर्व राजा ज्ञानेन्द्र शाहलाई नर्भिक अस्पतालमा भर्ना गरिएको शाहका निजी सचिव फणिराज पाठकले जानकारी दिएका छन् ।

६७ वर्षीय पूर्व राजालाई राति अचानक चिटचिट पसीना आउने र रिंगटा लाग्ने समस्या देखिएपछि अस्पताल पुर्याइएको थियो । उनलाई ‘माइल्ड हर्ट एट्याक’ भएको अस्पतालले जनाएको छ ।

अस्पतालमा राति नै शाहको कोरोनरी एन्जियोप्लास्टी (मुटुको रक्त नली खोल्ने कार्य) गरेको थियो ।

अहिले उनको अवस्था खतरामुक्त रहेको पाठकले बताए ।

नर्भिक अस्प्तालका चिकित्सक भरत रावत र यादवदेव भट्टको टोली शाहको उपचारमा खटिएको छ ।

पूर्वरानी कोमल र अन्य आफन्तहरु अस्पताल मा छन् ।

अस्पतालले पनि शाहको अवस्था खतरामुक्त रहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>