समाचारआइतबार, आश्विन ५, २०७१
एमाओवादीले देशभर श्रद्धाञ्जली सभा गर्दै
तीन दिनसम्म पार्टी कार्यक्रम स्थगित गरेर आधा झण्डा झुकाएको एमाओवादीले केन्द्रीय कार्यालयसहित सबै जिल्लामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली सभाको तयारी भइरहेको एमाओवादीले जनाएको छ । मस्तिष्कघात र हृदयघातले पीडित एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको ३० भदौ बिहान उपचारका क्रममा निधन भएको थियो।
