समाचारआइतबार, आश्विन ५, २०७१

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यस्थिति सुधारोन्मुख

हिमालखबर

gyanendraहृदयघात भएपछि ४ असोज राति काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा पूर्वराजा ज्ञानेन्द्र शाहको मुटुको एञ्जियोग्राफी र प्लास्टिक एञ्जियोग्राफी दुवै एकसाथ (मुटुमा जाने रगतको नशा खुलाउने प्रक्रिया) गरिएको थियो ।

आफ्नै निवासमा रहँदा एक्कासि चिटचिट पसिना आई असजिलो महसुस भएपछि राति ९:४५ बजे उनलाई अस्पताल लगिएको थियो ।

हाल शाहको स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको उपचारमा संलग्न डा. भरत रावतले बताए ।

उनको उपचारमा मुटुरोग विशेषज्ञद्वय रावत र डा. यादव भट्ट संलग्न छन् । शाहलाई हाल क्रोरोनरी केयर युनिट (सिसियु)मा राखिएको अस्पतालले जनाएको छ ।

पूर्वराजाको स्वास्थ्यस्थिति बारे जानकारी लिन अहिले अस्पताल परिसरमा उनका शुभचिन्तकहरु जम्मा भएका छन् ।

यसैबीच एमाओवादी नेता बाबुराम भट्टराई पनि अस्पताल पुगेर पूर्वराजा शाहको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>