समाचारआइतबार, आश्विन ५, २०७१
नेविसंघ महाधिवेशन ३० कात्तिक देखि
नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको महाधिवेशन ३० कात्तिकदेखि २ मंसीरसम्म गर्ने निर्णय भएको नेविसंघका नेता ऋषिकेश जंग शाहले जानकारी दिएका छन् ।
६ पटकसम्म मिति सारिएको नेविसंघको महाधिवेशन मिति पछिल्लो समय २९ भदौदेखि गर्ने घोषणा गरिए पनि उद्घाटन भन्दा एक दिनअघि स्थगित भएको जनाइएको थियो ।
मिति घोषणासँगै महाधिवेशन माग गर्दै एक सातादेखि अनसनरत विद्यार्थीहरूले अनसन तोडेका छन् ।
नेविसंघका पूर्वकेन्द्रीय सदस्य गणेश सापकोटा, शंकर पौडेल, रविन्द्र रोकाया र सुजन अधिकारी केन्द्रीय केन्द्रीय कार्यालय सानेपामा आमरण अनसनरत थिए।
