समाचारसोमबार, आश्विन ६, २०७१
पूर्व राजा ज्ञानेन्द्र डिस्चार्ज
राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराएपछि पूर्व राजा शाह ६ असोज ११ बजे डिस्चार्ज भएका हुन् । स्वास्थ्यमा सुधार आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालबाट बाहिरिने क्रममा उनले शुभचिन्तकलाई आफू ठीक भएको बताएका छन् ।
४ असोज राति हृदयघात भएपछि उनी अस्पताल भर्ना भएका थिए । अचानक छाती दुख्ने, पसिना आउने र रिंगटा लाग्ने लक्षण देखिएपछि उनलाई नर्भिक अस्पताल पुर्याइएको थियो।
सम्बन्धित समाचारः
पूर्व राजा ज्ञानेन्द्रलाई हृदयघात
पूर्व राजा ज्ञानेन्द्र शाहको स्वास्थ्यस्थिति सुधारोन्मुख
बाबुरामले ज्ञानेन्द्र शाहलाई भेटे
