समाचारसोमबार, आश्विन ६, २०७१
अनशनरत अधिकारीको निधन, छोराले शव बुझ्न मानेनन्

६ असोजमा निधन भएको नन्दप्रसाद अधिकारीको शव उनको छोरा नूरप्रसादले बुझ्न नमानेपछि शिक्षण अस्पताल लैजाने तयारी गरिदै । तस्वीर: विक्रम राई/हिमालखबर
छोरा कृष्णप्रसादका हत्यारालाई कारबाही को माग राख्दै ३३२ दिनदेखि अनशनरत अधिकारीको निधन भएको हो ।
वीर अस्पतालमा अनशनरत अधिकारीको ६ असोज अपरान्ह ५ बजे निधन भएको हो ।
कान्छा छोरा कृष्णप्रसादको हत्यारालाई कानूनी कार्बाहीको माग राख्दै अधिकारी अनशनरत थिए । उनको छोरा कृष्णप्रसादको माओवादीले हत्या गरेका थिए ।
यसैवीच, अधिकारीका छोरा नूरप्रसादले अधिकारीको शव बुझ्न मानेका छैनन् ।
उनले आफ्नो बाुबलाई राज्यले मारेकाले शव बुझ्न नजाने जनाएका छन् । छोराले शव बुझ्न नमानेपछि अधिकारीको शव शिक्षण अस्पताल लगिएको छ ।
————————————————————————————————————————————————
अनशनरत अधिकारीको अवस्था ‘क्रिटिकल’
छोराका हत्यारालाई कारबाहीको माग राख्दै अनशनरत नन्दप्रसाद अधिकारी ‘क्रिटिकल’ अवस्थामा पुगेका छन् ।
छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग राख्दै ३३२ दिनदेखि अनशनरत अधिकारीको अवस्था अत्यन्तै नाजुक भएको छ । अनशनरत नन्दप्रसाद र गंगामाया दम्पत्तिमध्ये नन्दप्रसादको अवस्था अत्यन्तै नाजुक रहेको उपचारमा संलग्न चिकित्सिकले बताएका छन् ।
राजधानीको वीर अस्पतालमा अनशनरत अधिकारी दम्पत्तिलाई अनशन तोड्न आग्रह गर्न पुगेका मानवअधिकारकर्मीसँग चिकित्सकले अधिकारीको अवस्था अत्यन्तै नाजुक रहेको बताएका हुन् । चिकित्सकका अनुसार अधिकारीको नाडी तथा रक्तचापको गति कमजोर अवस्थामा पुगेको छ ।
मानवअधिकारकर्मीको आग्रहपछि गंगामायाले दुई–तीन घुट्का पानी खाएको र नन्दप्रसादको ओठ भिजाउने काम भएको छ ।
अधिकारी दम्पत्तिलाई अनशन तोड्न आग्रह गर्न ६ असोजमा राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त सुदीप पाठक, सुबोध प्याकुरेल, कनकमणि दीक्षित र रचना ढकाल वीर अस्पताल पुगेका थिए ।
गोरखा फुजेलका अधिकारी दम्पतीका छोरा १७ वर्षीय कृष्णप्रसादलाई तत्कालीन नेकपा माओवादीले अपहरण गरी २४ जेठ २०६१ मा चितवनको बकुलर चोकमा हत्या गरेका थिए ।
सम्बन्धित समाचारः
