समाचारसोमबार, आश्विन ६, २०७१
संसद चलेन
व्यवस्थापिका संसदको ६ असोजमा बसेको बैठक पनि अवरोध भएको हो । संसद खुलाउन तीन दलबीच सहमति हुन नसकेपछि बसेको बैठक अवरुद्ध भएको हो ।
बैठक शुरु हुनासाथ मधेशी जनअधिकार फोरम नेपालका सभासद लालबहादुर राउतले सरकारको लापरबाहीका कारण संसद चल्न नसकेको आरोप लगाए । उनले सत्तारुढ दल संविधान निर्माणमा गम्भीर नभएको बताए ।
कांग्रेस र एमालेले विगतमा भएको सहमति कार्यान्वयनका लागि तयार नरहेकोले संसद अवरोध गर्नुपरेको बताए । उनले बोल्ने क्रममा सत्तारुढ दलका सभासदले नियमापत्ति जनाएका थिए ।
