समाचारसोमबार, आश्विन ६, २०७१
पीडीएले लगानीको बाटो खोल्यो : अर्थमन्त्री महत
उनले जलविद्युत उत्पादन र बिक्री वितरण गरेर देशमा आर्थिक क्रान्ति गर्न सकिने बाटो खुलेको बताए । भरतपुरमा ६ असोजबाट सुरु भएको ‘भरतपुर मेला २०७१’ को उद्घाटन गर्न चितवन पुगेका अर्थमन्त्री महतले यो सम्झौता भए लगत्तै माथिल्लो मस्याङदी, अरुण तेस्रो, पञ्चेश्वर आयोजना अगाडी बढ्ने बताए ।
आर्थिक विकास गर्न जलस्रोत, कृषि र पर्यटनमा क्रान्ति ल्याउनु आवश्यक रहेको बताउँदै उनले भने, ‘‘राजनैतिक विवादलाई एकतिर राखेर आर्थिक विकासमा जानुपर्छ ।’’
अर्थमन्त्री डा. महतले प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्दै अवको आठ वर्षमा नेपाल विकसित देश बन्ने बताए । नेपाललाई प्रकृतिले दिएको जल, जमिन र जंगलको उपयोग गरेर देशमा आर्थिक क्रान्ति ल्याउने मन्त्री डा. महतले बताए । ‘‘पुँजी, प्रविधी, व्यवस्थापन र बजार आवश्यक छ’’ उनले भने, ‘‘प्राकृतिक विविधता सबैको मिश्रणबाट नेपाललाई उन्नतशील राष्ट्र बनाउन सकिन्छ ।’’
सविता श्रेष्ठ, चितवन

