समाचारमंगलबार, आश्विन ७, २०७१
प्रधानमन्त्रीको अमेरिकामा स्वास्थ्य परीक्षण
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री सुशील कोइरालाको पूर्वनिर्धारित कार्यक्रमअनुसार न्युयोर्कस्थित क्यान्सर सेन्टरमा स्वास्थ्य परीक्षण गरिएको छ ।
अस्पतालमा गरिएका विभिन्न परीक्षणबाट कोइराला पूर्णरुपमा स्वस्थ रहेको देखिएको प्रधानमन्त्रीका निजी चिकित्सक कविरनाथ योगीले जानकारी दिए ।
प्रधानमन्त्री कोइरालाको रगत जाँच, छाती र पेटको सिटी स्क्यान गरिएको थियो । ती सबै परीक्षणले प्रधानमन्त्रीमा पहिले देखिएको रोग पूर्णरुपमा निको भएको उक्त अस्पतालका चिकित्सक मन्जित बेन्चले जानकारी गराको योगीले बताए ।
कोइरालाको करिव तीन महिनाअघि यसै अस्पतालमा फोक्सोको क्यान्सरका लागि रेडियोथेरापी गरिएको थियो ।
रासस
