थप समाचारमंगलबार, आश्विन ७, २०७१
उपराष्ट्रपति झा ल्हासा जाँदै, मानसरोवर पनि जाने
तिब्बतको संस्कृति मन्त्रालय र राष्ट्रिय पर्यटन केन्द्रले संयुक्त रूपमा ९ देखि ११ असोजसम्म आयोजना आयोजना गरेको प्रथम चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक मेलामा भाग लिन उपराष्ट्रपति परमानन्द झा ८ असोजमा त्यसतर्फ जाँदैछन् । उक्त मेलामा सहभागी भई उपराष्ट्रपति झा कैलाश मानसरोवर यात्रामा जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमण दलमा उपराष्ट्रपतिकी धर्मपत्नी, उपराष्ट्रपतिको कार्यालयका सचिव राजकुमार मल्ल, परराष्ट्र मन्त्रालयका सहसचिव अम्बिकादेवी लुइँटेललगायत छन् ।
झा १३ असोजमा स्वदेश फर्कने कार्यक्रम छ ।
