समाचारबुधबार, आश्विन ८, २०७१

सुजाता कोइरालालाई निलम्बनको सिफारिस

हिमालखबर

sujata_koiralaसंविधानसभाको दोस्रो चुनावमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेस अनुशासन समितिले केन्द्रीय सदस्य, सभासद्, पूर्वमन्त्रीदेखि क्षेत्रीय सभापतिसम्मका १८३ जनालाई कारवाहीको सिफारिस गरेको छ ।

समितिले ७ असोजमा कार्यबाहक सभापति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ । केन्द्रीय समितिले अनुमोदन गरेपछि छानबिन समितिको सिफारिस कार्यान्वयनमा जानेछ ।

समितिले दोस्रो संविधानसभा चुनावमा भएको अन्तर्घातका विषयमा छानबिन गरेको थियो ।

छानबिन समितिले नेतृ कोइरालालाई बहाल रहेको पदीय दायित्व र जिम्मेवारीमा तीन महिनाको प्रतिबन्ध लगाएको छ । उनले मोरङ–१ का कांग्रेस उम्मेदवार आमोदप्रसाद उपाध्यायलाई हराउन भूमिका खेलेको छानबिन समितिको ठहर छ । उपाध्याय छानबिन समितिका पनि संयोजक हुन् ।

नेतृ कोइराला केन्द्रीय सदस्यसँगै पार्टीको विदेश विभाग प्रमुख पनि छिन् । उनी चुनावमा टिकट बाँड्ने संसदीय बोर्डको सदस्य र समानुपातिक सभासद् पनि हुन् ।

गिरिजाप्रसाद कोइरालाले चुनाव लड्दै आएको मोरङ–१ बाट सुजाताले लड्ने इच्छा गरे पनि पार्टीले उपाध्यायलाई उम्मेदवार बनाएको थियो । तर, कोइरालासहितका नेताले अन्तर्घात गरी उपाध्यायलाई हराएको ठहर गर्दै अनुशासन समितिले कारबाहीको सिफारिस गरेको हो ।

कांग्रेस विधानमा अनुशासनविपरीत कार्य गरेमा ६ महिना निलम्बनदेखि तीन वर्षसम्म पार्टी सदस्यबाटै निष्कासन गर्न सक्ने प्रावधान छ ।

त्यस्तै, कारबाहीमा पर्नेमा एक सभासद्, एक पूर्वमन्त्री, क्षेत्रीय सभापति र महासमिति सदस्य पनि छन् । उनीहरूलाई अन्तर्घातको प्रकृति हेरी नियमावलीअनुसार सचेत गराउने, पदीय दायित्व नै रोक्नेसहितका कारबाही भएको स्रोतले जनाएको छ ।

समानुपातिकतर्फका सभासद् गणेशप्रसाद बिमली, बिपी संग्रहालयका अध्यक्ष पर्शुराम पोखरेल, पूर्वमन्त्री सुशीला स्वाँर पनि कार्वाहीको सूचिमा छन् ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>