समाचारबुधबार, आश्विन ८, २०७१
बसमा हतियारसहित प्रहरीको रात्रिगस्ती
दशैँ, तिहारलगायत विभिन्न चाडवाडमा चोरी, डकैती, लुटपाटका घटना हुन सक्ने भन्दै नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय चितवनले रात्रि गस्ती शुरु गरेकोे छ ।
दुई दर्जनभन्दा बढी प्रहरीलाई यात्रु र बसको सुरक्षाका लागि खटाएको चितवनका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।
हतियारसहितको खटिएको प्रहरीले राति हिँड्ने सवारीसाधनमा दुई टोली खटाएर गस्ती शुरु गरेको छ । झन्डै सय किलोमिटर रहेको चितवनको राजमार्गमा चितवनको आँपटारीदेखि मुग्लिनसम्म र आँपटारीदेखि लोथरसम्म रात्रि बसमा नै बसेर सवारीसाधनलाई चितवन कटाउने गरेको प्रहरीले जनाएको छ ।
दशै“का बेला आपराधिक गतिविधि बढी हुने गरेकाले सुरÔा अवस्था बलियो बनाउन जनपद प्रहरीसँगै सशस्त्र प्रहरी पनि खटाइएको छ ।
पछिल्लो समयमा चितवनमा आपराधिक क्रियाकलाप बढिरहेकाले चाडवाडमा झन् यस्ता गतिविधि बढ्नसक्ने हुँदा सुरक्षा व्यवस्था कडा पारिएको चितवनका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकेले बताएका छन् ।
