समाचारबुधबार, आश्विन ८, २०७१
टेलिकममा इञ्जिनियर र प्रशासन कर्मचारीबीच झडप
गैर इञ्जिनियर कर्मचारीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति गरिएको विरोधमा आन्दोलनरत इञ्जिनियरहरुको विरुद्धमा प्रशासन तर्फका कर्मचारीले आन्दोलन गरेपछि दुवै पक्षबीच झडप भएको छ ।
झडपको क्रममा दुवैतर्फका केही कर्मचारी सामान्य घाइते भएका छन् ।
झडपको क्रममा कर्मचारीले प्रबन्ध निर्देशकको कार्यकक्ष अगाडि रहेको पाँच वटा झ्यालका सिसा फोड्नुका साथै कुर्सी र गमला समेत तोडफोड गरेका छन् ।
प्रशासनतर्फका कर्मचारी बुद्धिप्रसाद आचार्यलाई प्रबन्ध निर्देशकमा नियुक्ति गरिएको भन्दै इञ्जिनियरहरुले आचार्यको कार्यकक्ष अगाडि विगत १५ दिनदेखि धर्ना दिइरहेका थिए ।
दशँै नजिकिँदै गर्दा टेलिकमको दशैँ योजना सञ्चालनमा समेत आन्दोलनकर्मीले अवरोध पु¥याएको भन्दै प्रशासनतर्फका कर्मचारी इञ्जिनियरहरु विरुद्ध ८ असोजमा आन्दोलनमा उत्रिएपछि दुवै पक्षबीच झडप भएको हो ।
झडपलगत्तै आएको प्रहरीले प्रदर्शनकारी कर्मचारहीलाई तितरवितर पारेको थियो ।

