समाचारबिहीबार, आश्विन १८, २०६९

अशोक राईलगायतले एमाले छाडे

हिमालखबर

एकल जातीय पहिचान सहितको प्रदेशको पक्षमा पैरवी गर्दै आएका उपाध्यक्ष राई, राजेन्द्र श्रेष्ठ, विजय सुब्बा, रकम चेम्जोङ सहितका नेता कार्यकर्ताहरुले १८ असोजमा काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पार्टी परित्यागको घोषणा गरेका हुन । एमाले परित्याग गर्नेहरुमा अजम्बर काङवाङ, बीरबहादुर लामा, रिजवान अन्सारी र गोपाल ठाकुर पनि छन् । उनीहरुले एकल जातीय पहिचान सहितको प्रदेश निर्माण, आत्म निर्णयको अधिकार र अग्राधिकारमा एक विचार राख्नेहरुको अलग्गै पार्टी खोल्ने वताएका छन् ।

असन्तुष्टमध्येका पृथ्वी सुब्बा गुरुङ्, रामचन्द्र झा, दलबहादुर रानालगायतका नेताहरु भने एमाले पार्टी जिम्मेवारीमा यसअघि नै फर्किसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>