समाचारबिहीबार, आश्विन १८, २०६९
माओवादीले गर्दा मुलुक संकटमाः कोइराला
नेपाली काँग्रेस काठमाडौँ दक्षिण क्षेत्रीय इलाका समितिले १८ असोजमा दक्षिणकालीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति कोइरालाले वर्तमान सरकरले मुलुकलाई थप अन्यौलतातर्फ धकेलेको भन्दै नेपाली कांग्रेसले लोकतन्त्रका विरुद्ध कसैसँग सम्झौता नगर्ने बताए ।
उक्त अवसरमा नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले व्यक्तिगत एवम् पार्टीगत स्वार्थमा लागेको माओवादी राष्ट्रिय सहमतिको बाधक भएको बताए । केन्द्रीय सदस्य डा रामशरण महतले वर्तमान सरकारले गरेको मूल्यवृद्धि र भ्रष्टाचारका कारण नेपाली जनता मारमा परेको उल्लेख गरे ।
नेपाली काँग्रेस काठमाडौँका सभापति भिमसेनदास प्रधान, नेपाली काँग्रेसका युवा नेता राजन केसी, क्षेत्र नम्बर १० का क्षेत्रीय सभापति राजन नकर्मी, कीर्तिपुर नगर सभापति कृष्णमान डङ्गोललगायतले स्व गणेशमान सिंहको योगदानबारे चर्चा गरेका थिए । कार्यक्रम स्व. नेता गणेशमानको स्मृतिमा भएको थियो । रासस
