समाचारबिहीबार, आश्विन ९, २०७१

एमाओवादीसहितको मोर्चा सीके राउत छोड्नुपर्ने पक्षमा

हिमालखबर

prachandaअभिव्यक्ति स्वतन्त्रता भएको मुलुकमा कसैले विचार राखेकै भरमा पक्राउ गर्न नहुने भन्दै संघीय गणतान्त्रिक मोर्चाले राउतलाई छोड्नुपर्ने माग राखेको छ । ९ असोजमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र जोगाउने मधेसी समुदायले उत्पिडनमा पर्‍याै‍ भन्दै छुट्टै राज्य माग्न पाउने बताए ।

उनले भने, ‘‘इतिहासले मधेसी जनता देश जोगाउने पक्षमा रहेको देखाउँछ, देश बिगार्ने पहाडिया हुन् ।’’ दाहालले छुट्टै देश चाहियो भन्नु पाउनुपर्ने बताए ।

राजा चाहियो भन्न पाएजस्तै छुट्टै राज्य चाहियो भन्न पाउने उनको तर्क थियो । यसअघि, संसद अवरुद्ध गर्ने क्रममा यो मोर्चाले राउतलाई छोड्नुपर्ने बताउदै आएका थिए । ८ असोजमा अशोक राईले राउतको बचाऊ गरे भने यसअघि मधेस केन्द्रीत दलका नेताहरुले संसदमै बोल्दै आएका छन् ।

मधेशलाई छुट्टै राज्य बनाउनुपर्ने अभियान चलाइरहेका राउतको विशेष अदालतमा मुद्दा चलिरहेको छ । मोर्चामा एमाओवादी, संघीय समाजवादी र मधेस केन्द्रीत सात दल छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>