समाचारबिहीबार, आश्विन ९, २०७१
घटस्थापनाकै दिन ८५ हजार यात्रु बाहिरिए
दैनिक ६० हजार हाराहारीमा यात्रु बाहिरिदै आएकोमा ९ असोजमा २५ हजार बढि यात्रु बाहिरिएको यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालले बताए । २५ भदौबाट टिकट वितरण सुरु भएको थियो ।
महानिर्देशक दाहालका अनुसार अहिलेसम्म दशैं मान्न १३ लाख यात्रु उपत्यकाबाट बाहिरिसकेका छन् । अझै १२ लाख यात्रु अनुमान गरिएको छ ।
यो बर्ष नियमित चल्ने बाहेक पाँच सय बस थप गरिएको छ ।
