थप समाचारबिहीबार, आश्विन ९, २०७१
चट्याङले तीनको मृत्यु
प्रकोमवा–७ मा ९ असोज दिउँसो परेको चट्याङबाट तीन जनाको मृत्यु भएको हो । एक जना भने घाइते छन् ।
मृत्यु हुनेमा स्थानीय ५० वर्षीया पार्वतीदेवी मण्डल, ३० वर्षीया अनितादेवी मण्डल र २८ वर्षीया रीतादेवी मण्डल छन् । चट्याङ लागेर ४५ वर्षीया जलसीदेवी मण्डल भने घाइते छिन् ।
उनको जनकपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घाँस काट्न गएका बेला दिउँसो १ बजेतिर चट्याङ परेको थियो ।
रासस
