समाचारबिहीबार, आश्विन ९, २०७१
शुक्रवार संसद खुल्ने कम संभावना, दलहरु छलफलमै
उच्च स्तरीय राजनीतिक संयन्त्रमा मधेस केन्द्रीत द
ललाई समेट्नुपर्ने, संयन्त्रको संयोजक पुष्पकमल दाहाल हुनुपर्ने र यसको क्षेत्राधिकारमा शान्ति प्रकृयाका विषयसहित संविधानसभालाई समेटिनुपर्ने एमाओवादीको मागप्रति कांग्रेस एमाले सहमत नभएपछि सहमति जुट्न नसकेको हो ।
संविधानसभालाई छायाँ पार्नेगरी एमाओवादीले संयन्त्रको माग राखेकाले सहमति जुट्न नसकेको एमाले उपाध्यक्ष भीम रावलले बताए । उनले भने, ‘‘अघिल्लो पटक पनि यसैगरी संविधानसभालाई वेवास्ता गर्दा असफल भइयो, त्यही प्रकृयालाई दोहो¥याउने पक्षमा हामी छैनौं ।’’
१३ भदौदेखि लगातार अवरुद्ध संसद १० भदौमा खुल्ने संकेत एमाओवादी अध्यक्ष दाहालले दिएपनि ९ भदौं साँझसम्म दलहरुबीच सहमति जुट्न सकेको छैन । मधेस केन्द्रीत दललाई समेत संयन्त्रमा राख्न कांग्रेस एमाले सहमत भएपनि दाहाललाई स्थायी संयोजक दिन नमानेपछि सहमति जुट्न नसकेको कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केशीले बताए ।
केसीले भने, ‘‘पालैपालो संयोजक हुने र पहिलो संयोजक दाहाललाई नै दिनसम्म हामी तयार छौं, यसमा एमाओवादी सहमत हुनुपर्छ ।’’ दिनभरको छलफलमा सहमति नजुटेपछि छुट्टा–छुट्टै छलफल गरेर पुनःसामुहिक छलफलबाट निकास दिन लागी परेको उनले बताए । भने, ‘‘कांग्रेसजतिकै अरु दल पनि चलक हुने हो भने १० भदौमा संसद खुल्न सक्छ ।’’
संवैधानिक राजनीतिक तथा सम्वाद समितिको सभापति नै एमाओवादी नेता भएकाले एमाओवादीले धेरै भाँजो हाल्न उचित नहुने केशीले बताए । साँझविहान बार्ता गरेर भएपनि संसद खुलाउन लागि परेको केसीले हिमाललाई बताए ।
एमाओवादी स्थायी कमिटी सदस्य गोपाल किराँतीले शान्ति प्रकृयाको बाँकी काम पूरा गर्न पनि दाहाललाई संयोजक बनाउनुपर्ने बताए । भने, ‘‘शान्ति प्रकृयाका प्रमुख व्यक्ति अध्यक्ष दाहाल भएको उहाँलाई संयोजक बनाउन खोजिएको हो ।’’
संसद अवरुद्ध हुँदा विनियोजन विधयेक, सरकारका नियमित निर्णयहरु गर्न सकिएको छैन ।
