समाचारशुक्रबार, आश्विन १०, २०७१

मैले पाएको पुरस्कार कर्णालीलाई सम्मान: राधा पौडेल

हिमालखबर

मदन पुरस्कार गुठीले जगदम्बा–श्री पुरस्कार शिव रेग्मी र मदन पुरस्कार राधा पौडेललाई प्रदान गरेको हो । ललितपुर पाटनढोकास्थित रातो बंगलामा १० असोजमा आयोजित समारोहमा रेग्मी र पौडेललाई गुठीका अध्यक्ष कमलमणि दीक्षितले पुरस्कार प्रदान गरे ।

जगदम्बा–श्री तथा मदन पुरस्कार वितरण समारोहमा शिव रेग्मी र राधा पौडेल । तस्वीरः बिक्रम राई

जगदम्बा–श्री तथा मदन पुरस्कार वितरण समारोहमा शिव रेग्मी र राधा पौडेल । तस्वीरः बिक्रम राई

पौडेललाई ‘खलंगामा हमाला–एउटी नर्सको डायरी’ र रेग्मीलाई साहित्यिक पत्रकारिताको अन्वेषणमा योगदान पुर्‍याए वापत पुरस्कृति गरिएको हो । दुवै पुरस्कारको राशी दुई–दुई लाख रुपैंया छ ।

जगदम्बा–श्री पुरस्कार ग्रहण गर्दै शिव रेग्मी । तस्वीरः बिक्रम राई

जगदम्बा–श्री पुरस्कार ग्रहण गर्दै शिव रेग्मी । तस्वीरः बिक्रम राई

कार्यक्रममा राधा पौडेलले आफूले पाएको मदन पुरस्कार सिंगो कर्णाली र कर्णालीबासीको निम्ति सम्मान भएको बताइन् । उनले भनिन्, “यो मेरो वा पुस्तकको मात्र होइन, सिंगो कर्णाली र कर्णालीबासीको निम्ति पनि सम्मान हो ।”

आफूले सदियौंदेखि हराएको र खोसिएको अधिकारको सानो हिस्सा पाएको उनले बताइन् । उनले पुरस्कारको आधा हिस्सा जुम्लामा स्थापित ‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ लाई दिने घोषणा गरिन् ।

मदन पुरस्कार लिंदै ‘खंलगा हमला’ की लेखिका राधा पौडेल । तस्वीरः बिक्रम राई

मदन पुरस्कार लिंदै ‘खंलगा हमला’ की लेखिका राधा पौडेल । तस्वीरः बिक्रम राई

यसैबीच, समारोहमा दुई पुस्तकको विमोचन पनि भएको छ । कमल दीक्षितद्वारा लिखित ‘भन्ने कुरा’ र ‘कमल दीक्षितका १०८ अभिव्यक्तिहरु’ विमोचन भएको हो ।

चूडामणि खनालले सम्पादन गरेका पुस्तक पोखराको युवा सांस्कृतिक परिवारले प्रकाशित गरेको हो ।

—————————————————————————————————————————————-

मदन र जगदम्बा–श्री पुरस्कार वितरण हुँदै

मदन पुरस्कार गुठीले प्रदान गर्ने मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार आज वितरण गर्दैछ ।

गुठीको कार्यालय पाटनढोकामा २०७० सालको मदन पुरस्कार राधा पौडेल र जगदम्बा–श्री पुरस्कार शिव रेग्मीलाई प्रदान गर्न लागिएको हो । पौडेलको लडाइँ सम्झना ‘खलंगामा हमला’ र रेग्मीलाई साहित्यिक पत्रकारिताको अन्वेषणमा योगदान गरेवापत पुरस्कृत गर्न लागिएको छ ।

२८ भदौमा बसेको गुठीको साधारणसभाले पौडेल र रेग्मीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । दुवै पुरस्कारको राशी दुई दुई लाख रुपैयाँ छ ।

सम्बन्धित समाचारः

जगदम्बाश्री र मदन पुरस्कार अन्वेषक र युद्ध साक्षीलाई

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>