समाचारशनिबार, आश्विन ११, २०७१
बाढी पीडितलाई सरकारले दशैं खर्च दिने
सिँचाइमन्त्री नारायणप्रसाद साउदले दसैँ, तिहार र छठलगायत चाडपर्व मनाउन केन्द्रीय दैवीप्रकोप उद्धार समितिको अगुवाइमा सरकारले प्रति परिवार तीन हजार दिने बताए ।
बाढीपहिरो पीडितलाई दिइदै आएको दैनिक खर्च पनि बढाइने भएको छ । ३५ रुपैयाँबाट बढाएर ५० पु¥याउने मन्त्री साउदले बताए ।
बाँके, बर्दिया, सुर्खेत, मुगु र दाङलगायत विभिन्न जिल्लामा करिब १० हजार घर पूर्ण र २५ हजार परिवारमा आंशिक क्षति पुग्दा १३ अर्ब बढी नोक्सान भएको छ ।
