समाचारशनिबार, आश्विन ११, २०७१
टेलिकममा आन्दोलन स्थगित, भोलिदेखि दशैं अफर
गैर इन्जिनियरलाई प्रबन्ध निर्देशक बनाएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि दशैं अफर रोकिएको थियो । पाँच बुदे सहमति पछि कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका छन् ।
आन्दोलन रोकिएपछि १२ असोज साँझबाट दशैं तिहारका लागि ग्राहकलाई नयाँ अफर ल्याउने टेलिकमले जनाएको छ ।
