समाचारआइतबार, आश्विन १२, २०७१
पूर्व राजा ज्ञानेन्द्रले दशैं टीका नलगाइदिने
स्वास्थ्यमा समस्या रहेकाले दशैंमा सर्वधारणलाई टीका लगाइने कार्यक्रम नरहेको उनका सहयोगी फणि पाठकले विज्ञप्तीमार्फत जानकारी गराएका छन् । शाहले महाअस्टमीका दिन शक्तिपीठहरुको दर्शन पनि नगर्ने भएका छन् ।
शाहलाई चिकित्सकले दिएको परामर्शका आधारमा दशैं टीका लगाइदिने कार्यक्रम रद्ध भएको हो । पूर्व राजा शाहले दशैंमा आफ्ना समर्थकहरुलाई टीका लगाइदिने गरेका थिए ।
