समाचारआइतबार, आश्विन १२, २०७१
दलहरुबीच सहमति नहुँदा संसद खुल्न सकेन
उच्च स्तरीय राजनीतिक संयन्त्र गठनको माग राख्दै एमाओवादीलगायत विपक्षी दलले संसद अवरुद्ध गर्दै आएको छ । १२ असोजमा बसेको तीन दलको बैठकमा संयन्त्रको नेतृत्वमा सहमति जुट्न नसकेपछि संसद चल्न सकेन ।
संयन्त्र गठन गर्न कांग्रेस एमाले सहमत भएपनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई नेतृत्व दिन तयार नभएपछि एमाओवादीले संसद अवरोध खोलेको छैन । १३ भदौदेखि लगातार संसद अवरुद्ध हुँदै आएपछि विनियोजन विधेयकलगायत समसायिक निर्णय हुन सकेको छैन ।
१३ असोज दिउँसो तीन बजेका लागि सभामुखले बैठक स्थगित गरेका छन् ।
