समाचारशुक्रबार, आश्विन १९, २०६९

एमालेको प्रदर्शन शुरु

हिमालखबर

प्रदर्शनको जुलुस रत्नपार्कबाट जुलुस शुरु भई बागबजार, पुतलीसडक, भद्रकाली, शहीदगेट, सुन्धारा, पाको–न्युरोड, बसन्तपुर, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटी हुदै पुनः रत्नपार्कमा आएर सभामा परिणत हुने एमाले उपत्यका समन्वय समितिका संयोजक कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

विरोध प्रदर्शनमा एमालेका अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, केपी ओलीलगायतका नेता सहभागी छन् । जुलुशले गर्दा काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त बनाएको छ ।

एमालेले आज देशव्यापी प्रदर्शन गर्दै, रत्नपार्कमा शीर्ष नेताहरुको सम्बोधन
राष्ट्रिय सहमतिको लागि दवाब, प्रधानमन्त्रीको राजिनामालगायतको मागसहित नेकपा एमालेले आज देशभर आफ्नो शक्ति प्रदर्शन गर्दैछ ।
प्रदर्शन देशभर हुने भए पनि शीर्ष नेताहरुले भने राजधानीको कार्यक्रमलाई सम्बोधन गर्ने एमालेले जनाएको छ । दिउँसो साढे १ बजे राजधानीको बागबजार, पुतली सडक, भद्रकाली, शहीदगेट, पाको न्युरोड असनलगायत क्षेत्रमा रयाली गर्दै रत्नपार्कमा २ बजेदेखि सभा शुरु हुने एमालेले जनाएको छ ।
सहमतिको लागि वर्तमान सरकार बाधक भएको निष्कर्ष निकालेको एमालेले प्रधानमन्त्रीको राजिनामालाई पहिलो शर्त बनाउँदै आएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>