समाचारशुक्रबार, आश्विन १७, २०७१
‘पीडीए र पीटीएले नेपाली स्रोत सदुपयोगको ढोका खुल्यो’
राष्ट्रपतिबाट टीका ग्रहण गरेपछि प्रधानमन्त्री कोइरालाले यी सम्झौताहरुले नेपालको प्राकृतिक स्रोत सदुपयोग गर्ने ढोका खोलेको बताए । उनले भने, ‘‘विदेशमा रहेका ४० लाख युवाहरुलाई अव देशभित्रै रोजगार दिनुपर्छ ।’’
दशैंले मेचीदेखि महाकाली, तराई, पहाड र हिमालबासीदेखि विदेशमा रहेका सबैलाई सूस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको उनले कामना गरे ।
राष्ट्रपतिबाट टीका ग्रहणपछि आफन्तहरुलाई टीका लगाइदिएका प्रधानमन्त्री कोइरालाले १७ असोज दिउँसो चार बजेसम्म सर्वसाधरण र पार्टीका कार्यकर्तालाई टीका लगाइदिए ।
