समाचारशनिबार, आश्विन १८, २०७१
सार्वजनिक विदा लम्बियो
यसअघि सरकारले १५ असोज फुलपातिदेखि १९ असोजसम्म सार्वजनिक विदाको तालिका सार्वजनिक गरेको थियो । तर, सरकारले विज्ञप्ती जारी गरी २० असोजको दिनलाई इद विदा दिएपछि २२ असोजमा मात्रै कार्यालय सञ्चालनमा आउनेछ ।
सरकारको यो घोषणापछि यो दशैं पूरा एक साताको भएको छ । यसअघि कोजाग्रत पूर्णिमाको अघिल्लो एक दिन सरकारी कार्यालय सञ्चालनमा आउने गरेको थियो ।
यसैबीच, दशैंको टीका आज पनि ग्रहण गरिदैछ । १७ असोजमा टीका थाप्न नपाएका मान्यजनहरुबाट आज टीका ग्रहण हुँदै गरेको हो ।
नेपाली समाजमा माइती मावलीलगायतमा कोजाग्रत पूर्णिमासम्म टीका लगाउने चलन छ ।
