समाचारशुक्रबार, आश्विन १९, २०६९

पूर्व अर्थराज्य मन्त्री चढेको गाडी तोडफोड

हिमालखबर

धनकुटा–७ चुवाबोटमा १९ असोज दिउँसो पार्किङ गरेको अवस्थामा बा.१ज.८८२१ नं. अर्थमन्त्रालय सचिवालयको सरकारी जीप तोडफोड भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक कैलास राईले बताए । तोडफोडबाट गाडिको अगाडि र पछाडिको सिसा फुटेको छ भने गाडिको पछिल्लो सीट पनि जलेको छ । तोडफोडमा संलग्न कोही  पक्राउ परेको छैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पार्टी तथा निजी कामका लागि सरकारी गाडि प्रयोग नगर्न पहिले नै निर्देशन दिईसकेको भए पनि पूर्व राज्यमन्त्री खेवाले करिब एक महिनादेखि निजी कामको लागि सरकारी गाडि प्रयोग गर्दै आएका थिए ।

नेकपा एमालेले १९ असोजमा सरकारविरुद्ध प्रदर्शन गरेको रयाली मदनचोकमा पुगेर कोणसभा चलिरहेको बेला सो गाडिमाथि तोडफोड भएको थियो । गाडि तोडफोड भएको स्थान जिल्ला प्रहरी कार्यालय धनकुटादेखि करिव २ मीटरको दुरीमा छ ।

नेकपा एमाले धनकुटाले राज्यको ढुकुटी दुरुपयोग गरी गाडि चलाएकोले आफ्ना कार्यकर्ताले तोडफोड गरेको स्वीकार गरेको छ । सन्तोष रुचाल, धनकुटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>