समाचारशनिबार, आश्विन २०, २०६९

सेना अराजनीतिक र समावेशी छ: प्रधानसेनापति

हिमालखबर

सेनाले आफ्ना लक्ष्यहरू हासिल गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरू बनाउने कार्य भइरहेको भन्दै प्रधान सेनापतिले सैनिक–नागरिक सम्बन्धलाई प्रगाढ बनाउनेतर्फ कार्य गर्न कमाण्डरहरूलाई निर्देशन दिएका छन् ।

उनले सबै तहका कमाण्डरहरूले आफ्ना फौजसँग निरन्तर अन्तरक्रिया, भेटघाट गर्न पनि निर्देशन दिए । सुदूरपश्चिम पृतना र मध्यपश्चिम पृतनाअन्तर्गतका विभिन्न युनिटहरूको निरीक्षणका क्रममा उनले नेपाली जनताले सेनामाथि ठूलो भरोसा, सम्मान र माया दर्शाएको बताए ।

प्रधानसेनापति राणाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुरयाउन पूर्व माओवादी लडाकुहरूको समायोजन कार्यले ठोस दिशा लिई अन्तिम चरणमा पुगेको उल्लेख गरे ।

प्रधानसेनापति राणा फौजको यथास्थिति बुझ्न दार्चुला, बैतडी, बझाङ, खप्तड, बाजुरा, अछाम, हुम्ला, मुगु, जुम्ला, दैलेख, डोल्पा, रुकुम, प्युठान पुगेका थिए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>