समाचारआइतबार, आश्विन १९, २०७१
मतदानबाट भएपनि संविधान बन्छः कांग्रेस नेता
महेन्द्रनगरमा १९ असोजमा आयोजित कार्यक्रममा बडूले अव ढिला नगरी सहमति जुटाउने नभए विवादित विषयमा मतदान गरेर भएपनि संविधान बनाउने बताए ।
उनले संविधानसभा बाहिर रहेकाहरुसँग पनि सहमतिको संभावना बढि रहेको बताए ।
‘२२ असोजमा संसद खुल्छ’
सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले २२ असोजदेखि संसद खुल्ने बताएका छन् ।
उनले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण कार्यलाई प्राथमिकता दिई विभिन्न दललगायत एकीकृत नेकपा माओवादीका विभिन्न मागलाई २१ असोजभित्र सम्बोधन गर्ने बताए ।
