समाचारसोमबार, आश्विन २०, २०७१
एमाओवादीसहितको मोर्चाद्वारा आन्दोलनको घोषणा
२० असोजमा सिंहदरवारस्थित एमाओवादी संसदीय दलको कार्यालयमा मोर्चाको बैठक बसेर आन्दोलनको कार्यक्रम तय गरिएको हो ।
मोर्चाले २४ असोजमा काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने, २७ असोजमा इटहरी र २९ असोजमा दाङमा सभा प्रदर्शन गरेपछि ३१ असोजमा काठमाडौंको खुल्लामञ्चमा विशाल जनसभा गर्ने घोषणा गरेको छ ।
मोर्चामा संविधानसभाभित्र र बाहिरका २२ वटा साना दलहरु आवद्ध छन् ।
